२४ घण्टामा ४५५ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप ८०४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।

देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १२ हजार ७९१ जना होमआइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० ना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरी २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमणबाट ११ हजार २६९ जनाको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस