सप्तरीमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु, एक गम्भीर

राजविराज । सप्तरीको खडक नगरपालिका–४ अमाहामा शनिवार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

पूर्वतर्फ आउँदै गरेको बा ५६ प २५१५ र विपरित दिशाबाट जादै गरेको स ५ प ८४३४ नम्वर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा २५१५ नम्वरको मोटरसाइकलमा सवार झापाको शिवसतासी नगरपालिका–६ का २२ वर्षीय विवेक सापकोटा र ८४३४ नम्वरको मोटरसाइकलमा सवार झापाकै भद्रपुर नगरपालिका–४ का २१ वर्षीय दयाराम सिंह राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

यसैगरी दुर्घटनामा ८४३४ नम्वरको मोटरसाइकलमा सवार महोत्तरीको मटिहानी नगरपालिका–७ का ३५ वर्षीय चन्दन कुमार साह गम्भीर घाइते भएका छन् । साहलाई उपचारको लागि विराटनगरतर्फ पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस