लोकसेवा आयोगलाई इमेलमार्फत गाली गर्ने युवक कालोसूचीमा

जनकपुरधाम । प्रदेश २ को लोकसेवा आयोगले अमर्यादीत कार्य गरेको भन्दै एक युवकलाई कालोसूचीमा राखेको छ । प्रदेश लोकसेवा आयोगलाई गालीगलौज गर्दै आयोगको इमेलमा प्रतिक्रिया दिएपछि महोत्तरीको बथनाहा गाविसका प्रनित कुमार झालाई एक वर्षकालागि कालोसूचिमा राखेको हो ।

कर्मचारी भर्नाकोलागि आयोगले गरेको विज्ञापनमा अनलाइनमार्फत झाले दरखास्त दिएका थिए । उनले अनलाइन फारम भर्ने क्रममा कुनै पनि प्रमाणपत्र पेस गरेका थिएनन् । प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत् जवाफ माग गरेको थियो । तर उनले आयोगको इमेलको जवाफ दिनुको साटो अपशब्द गालीगलौज गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

आयोगले असोज ६ गते सूचना प्रकाशन गरी उनलाई कालोसूचिमा राखेर कारबाही गरेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस