थप ३९१ कोरोना संक्रमित, ६८० जना निको भए

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ९६६ जनाको पीसीआर परीक्षणमा ३८५ र १ हजार १११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ । सोही अवधिमा ६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २७६ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस