खडक नगरपालिकाः कता हरायो झण्डै २० लाखको स्यानिटरी प्याड ?

राजविराज, १० कार्तिक । सप्तरीको खडक नगरपालिकामा झcustom ohio state jersey aiyuk jersey penn state football jersey deuce vaughn jersey deuce vaughn jersey aiyuk jersey deuce vaughn jersey brandon aiyuk jersey justin jefferson lsu jersey oregon ducks jersey fsu jersey penn state football jersey custom ohio state jersey johnny manziel jersey fsu jersey ण्डै २० लाख रुपैयाँमा खरिद गरिएको स्यानिटरी प्याड लाभग्राही विद्यार्थी (छात्रा)ले नपाएको आशंका गरिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ०७६/०७७ को लेखा परीक्षण प्रतिवेदनअनुसार स्यानिटरी प्याड लाभग्राही विद्यार्थीले नपाएको आशंका गर्दै खरिद गर्नकै लागि सो प्याड गरिएको ठहर समेत गरेको छ ।

नगरपालिकाले सो आर्थिक वर्षमा सिलबन्दी दरभाउपत्रको माध्यमबाट सालधारी इन्टरप्राइजेज प्रा.लिबाट १९ लाख ५५ हजार ४८७ रुपैयाँ खर्च गरेर १९ हजार २२८ प्याकेट स्यानिटरी प्याड गरेको छ । खरिद गरिएका सो प्याड नगरपालिकाको स्वास्थ्य शाखाले बुझेको पनि देखाइएको छ । तर, लाभग्राही विद्यार्थीले प्राप्त गरेको विवरण (भरपाइ) भने नगरपालिकासँग छैन् ।asu football jersey florida state jersey claudie pierlot outlet claudie pierlot outlet florida state jersey casio g shock dw 5600e 1ver vintage adidas womens sneakers air max 97 trainers summit white bleached desert sand rasoio anti irritazione eiszapfen lichterkette 3m vanhunks kayak ab1553 adidas ua old skool air max 97 trainers summit white bleached desert sand hypervenom nike acc

स्वास्थ्य शाखाबाट सो प्याड कहाँ निकासा भयो, माग फाराम तथा प्राप्त गर्ने व्यक्ति समेत एकिन नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘कार्य विधि र योजना बेगर नै खरिद सो प्याड हालसम्म वितरण नगरेकोले खरिद गर्नकै लागि मात्र खरिद गरेको देखिन्छ’, प्रतिवेदनमा छ ।

लामो अवधिसम्म स्टोरमै राख्दा गुणस्तरमा ह्रास आउने तथा प्रयोग गर्ने मिति समेत समाप्त हुने सम्भावना भएकोले कार्यक्रमको आशय अनुरुप कार्यक्रम गत आर्थिक वर्षमै सम्पन्न हुनुपर्नेमा सो नगरिएको प्रतिवेदनमा देखाएको छ ।

प्रतिवेदनमा सम्बन्धितलाई जिम्मेवार बनाई आवश्यक कारबाही हुनुपर्ने उल्लेख समेत गरेको छ ।

सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णलाई टेलिफोनमा सम्पर्क गर्दा व्यस्त रहेको भन्दै केही क्षणमा कुरा गर्ने प्रतिक्रिया दिए । केही बेरमा पुनः सम्पर्क गर्न खोज्दा उनको मोवाइल भने स्वीच अफ गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस