मिथिला कप क्रिकेटः महोत्तरीलाई पराजित गर्दै सप्तरी विजयी

राजविराज, १० कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगीताको चौथो दिनको पहिलो चरणको खेलमा सप्तरी विजयी भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजस्थित खेल मैदमा युवा शक्ति क्लव विष्णुपुरले आयोजना गरेको प्रतियोगितामा बुधवार पहिलो चरणको खेलमा बजाज युथ क्रिकेट एकेडेमी सप्तरी र नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी बीच प्रतिस्पर्धा भएको हो ।

टस जितेर व्याटिङ गर्दै सप्तरीले सम्पुर्ण ओभर खेल्दै ४ विकेट गुमाउदै १५५ रन बनाए । जसमा आशिष झाले ६४ रन, देब खनाल ३८ रन र राहुुल मण्डलले १७ रन बनाए । उता, महोत्तरी टिमका लागि बिवेक कोईराला २ विकेट, हरे कृष्ण झा र राहुल प्रताप सिंह १÷१ विकेट लिए ।

एक सय ५६ रन बनाउने लक्ष्य लिएर मैदनमा उत्रेका महोत्तरी टिमले १९ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय रनमै समेटियो । महोत्तरीका लागि हरेकृष्णा झा २४ रन, राजकुमार सहनी २० रन, सुनिल कापर २३ रन बन बनाएर महोत्तरी टिमलाई योगदान दिए ।

यता, सप्तरी टिमका लागि बिवेक यादव ५ विकेट, अनिल खरेल २ विकेट, किशोर महतो, बसीर अहमद, मिकु मण्डलले १÷१ विकेट लिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस