सिरहामा ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच जना घाइते

लहान, १० कार्तिक । सिरहाको धनगढीमाई नगरपालिकामा आज ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी वडा नम्वर–५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर मृत्यु भएको हो ।

गाउँदेखि करिब २०० मिटर दूरीमा रहेको खाल्डोबाट माटो झिक्ने क्रममा ढिस्को खसेर पुरिएको र निकाल्ने प्रयास गरे पनि करिश्मालाई जीवितै उद्धार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुबास ढकालले जानकारी दिए ।

उनका अनुसार ढिस्कोमा परेर करिश्माकी आमा ममतादेवी कामैत, स्थानीयवासी महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षीया छोरी रुवि कामत घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस