मोरङमा ९४ तोला चाँदीसहित शर्मा पक्राउ

विराटनगर, १० कार्तिक । मोरङको रतुवामाई नगरपालिकामा ९४ तोला चाँदीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–३ का ३० वर्षीय धर्बेन्द्र शर्मा छन् ।

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले तार जस्तो आकारमा रहेको ९४ तोला चाँदीसहित शर्मालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । शर्मामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस