सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

जनकपुरधाम, १० कार्तिक । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । तेजाबी र छापावाला सुन प्रति तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ ।

योसँगै छापावाला सुनको मूल्य ९२ हजार रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ । मंगलबार ९२ हजार ६ सय रुपैयाँ प्रति तोला छापावाला सुनको कारोबार भएको थियो । यसैगरी ९२ हजार १ सय रुपैयाँ प्रति तोलामा तेजाबी सुनको कारोबार भएको थियो । सो दिन १२ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस