सप्तरीमा भेटियो मृत हरिण

राजविराज, १० कार्तिक । सप्तरीको शम्भुनाथ नगरपालिकामा मृत अवस्थामा एक हरिण भेटिएको छ । वडा नम्वर ६ कठौना चोकमा १ सय किलो तौल बराबरको जंगली वयस्क हरिण मृत भेटिएको हो ।

पुर्व पश्चिम राजमार्गमा कुनै सवारी साधनले ठक्कर दिँदा हरिण मरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले बताए ।

मृत हरीण ईलाका वन कार्यालय रुपनीको जिम्मा लगाइएको जनाएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस