सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु

राजविराज, १० कार्तिक । सप्तरीको खडक नगरपालिका–७ स्थित बसको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जादै को १ ख ७७८४ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय सोही वडाका रामचलितर भगतकी पत्नी ४० वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । ठक्करबाट गम्भीर घाइते भएकी महिलाको रुपनीस्थित युनिक अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

शव पोष्टमार्टमकालागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ भने बस चालक मोरङका धनपालथान गाउँपालिका–३ मयागनका बिनोद राजवंशीलाई नियन्त्रणलाई लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस