थप ५३३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

जनकपुर । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०७ हजार ६३८ पुगेको छ । सोही अवधिमा ४९० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९२ हजार २७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८९९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५० लाख ९३ हजार ५५८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४०१६ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस