माधव नेपाल भन्छन् मदिरा नखाउ, राजेन्द्र राईले गरे बियर पार्टी

सुनसरी । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन् । पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन् ।

इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटेका हुन् । उनले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ । त्यहाँ उनले केक काटेर बियर उडाएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनक्दै स्यम्पियन फोडेर खुसीयाली मनाएका हुन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले स्यम्पियन फोडेको पनि देख्न सकिन्छ । तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले हिजो राजीनामा दिएका छन् । आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गरेका छन् । एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालले भने पार्टीका नेता कार्यकर्तालाइ मदिरा नपिउन उर्दी जारी गरेका गर्यै छन् । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस