दिपावली र छठ पर्वले आर्थिक समृद्धिको बाटोमा लग्न प्रेरणा प्रदान गरोस्ः मुख्यमन्त्री राउत

राजविराज, १७ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दुहरुको महान पर्व शुभ दिपावली र छठ पर्वको शुभकामना दिएका छन् । बुधवार उनले शुभकामना संदेश जारी गर्दै पर्वले सम्पूर्ण नेपाली दाजुभाई, दिदीवहिनीहरुमा सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना दिएका हुन् ।

‘यस पर्वले सबैको मुहारमा उज्यालोपन ल्याउनुकासाथै सामाजिक सद्भाव र सहिष्णुतालाई अझ सुदृढ बनाउदै प्रदेशलाई आर्थिक समृद्धिको बाटोमा लग्न प्रेरणा प्रदान गरोस् भनि कामना गर्दछौं’, संदेशमा भनिएको छ ।

साथै कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षाको विधिहरु अपनाएर दिपावली र छठ पर्व मनाउन मुख्यमन्त्री राउतले प्रदेशवासीमा अपील समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस