हवाई भाडा बढ्यो, काठमाडौं–राजविराजको कति ?

जनकपुर । वायुसेवा कम्पनीले हवाई भाडा वृद्धि गरेको छ । हवाई इन्धनको मूल्य बढेसँगै कम्पनीले हवाई भाडा वृद्धि गरेको हो ।

कम्पनीका अनुसार न्युनत्तम ९५ रूपैयाँदेखि अधिकत्तम ४४० रूपैयाँसम्म हवाइ भाडा वृद्धि भएको छ । बढेको शूल्कलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत प्रदान गरिसकेको छ । जसअनुसार काठमाडौंबाट भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५, भैरहवामा २०५, नेपालगञ्जमा ३३० र तुम्लिङटारमा १८५ हवाई भाडा वृद्धि भएको छ ।

यसैगरी काठमाडौंबाट राजविराजमा २०५ र सुर्खेतमा ३४५ रुपैयाँ वृद्धि गरिएको छ । पोखरा–भरतपुरमा ११०, पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ वृद्धि गरिएको छ ।

विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । भरतपुर–भैरहवा रुटमा १३५ रुपैयाँ इन्धन चार्ज बढेको संघले जनाएको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साविकको तुलनामा ३४५ रुपैयाँ बढी पर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस