बाराबाट पटाका र गाँजासहित ६ जना पक्राउ

जनकपुरधाम । बिस्फोटक पदार्थ पटाका र गाँजासहित ६ जनालाई पक्राउ परेका छन्। प्रहरीले पटाकासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षका बुद्ध लोप्चन, २५ वर्षका राजकुमार लोप्चन र २५ वर्षका बुद्ध लोप्चनलाई पक्राउ गरेको हो।

भारतबाट शंकास्पद रूपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा तीनै जना पक्राउ परेका हुन्।

उनीहरूको साथबाट किङ कोबरा नामक पटाका ११ बण्डल, इलेक्ट्रिक स्पार्कर ५० प्याकेट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

यसैगरी, बाराको जितपुर सिमरा उपमहानगरपालिकाबाट १२ किलो गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। गाँजासहित प्रहरीले जल्ला मकवानपुर राक्सिराङ गाउँपालिका–२ बस्ने सुमन रुम्बा, विजय थिंग र अखिल मोक्तानलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तीनै जनलाई जितपुर सिमरा उपहानगरपालिका–७ बाट गाँजासहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता मिश्रले बताए।

यसैबीच, पर्सा प्रहरीले बरामद गरेको एक लाख ५० हजार मूल्य बराबरको पटाका नष्ट गरेको छ। विभिन्न मितिमा बरामद गरिएको विस्फोटक पदार्थ पटाका प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस