सौर्यले विराटनगर–भैरहवा सिधा उडान भर्ने, यस्तो छ भाडादर

विराटनगर । नेपालमा पहिलो पटक सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि विराटनगरको नियमित उडान भर्ने भएको छ । अन्तर प्रदेश उडानकालागि नेपाल सरकारले अगाडी सारेको नीतिलाई पहिलो प्राथमिकता दिँदै आगामी कार्तिक २२ गतेदेखि एयरलाइन्सले बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत विराटनगर–भैरहवा–विराटनगर सिधा उडान प्रारम्भ गर्ने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए ।

नेपाल नागरिक उड्यन प्राधिकरणको स्वीकृतिमा हाललाई दैनिक एक÷एक उडान सञ्चालन गर्ने र आवश्यकताअनुसार उडान थप गर्न सकिने अध्यक्ष पोखरेलको भनाइ छ । एयरलाइन्सले यो रुटकालागि एकतर्फी हवाइ भाडा छ हजार रुपयाँ निर्धारण गरेको छ ।

भैरहवादेखि विराटनगर र विराटनगरदेखि भैरहवाको नियमित उडानले भगवान गौतम वुद्धको जन्मभूमि समेत रहेको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीको भ्रमणमा आउने जाने तथा सो क्षेत्रबाट हवाई मार्ग भएर विराटनगर लगायत पूर्वी नेपाल तथा सिमावर्ती भारतीय क्षेत्रमा आउन जान यात्रुहरुको यात्रा सहज एवं सरल हुने बजार व्यवस्थापक मुकेश खनालले बताए ।

स्थलमार्गबाट विराटनगरदेखि भैरहवासम्मको ४९६ किलोमिटर दुरी तय गर्न करिब १५ घण्टा लागने गरेकोमा सौर्यले केवल ५३ मिनेटमै यात्रा तय गर्न सकिने एयरलाइन्सले जनाएको छ । हाल सौर्य एयरलाइन्सले तीन वटा जहाजमार्फत दैनिक विराटनगर–काठमाडौ, भद्रपुर–काठमाडौ, भैरहवा–काठमाडौ, धनगढी–काठमाडौ लगायतका रुटका लागि एक दर्जन उडान भर्दै आएको छ । सौर्यले चाडैँ नै नेपालगञ्जदेखि भद्रपुर र राजविराजदेखि काठमाडौंको उडान भर्ने योजना बनाएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780