मधेशमा ‘गोवर्धन’ पर्व मनाइँदै

राजविराज, १९ कार्तिक । आज यम पञ्चक अर्थात तिहारको चौथो दिन । हिन्दु धर्मावलम्बीहरुले गाईको गोबरबाट बनाएको गोवर्धन पर्वतको प्रतिमा तथा गाई, गोरुलाई पूजाआजा गरी ‘गोवर्धन पूजा’ मनाउँदैछ ।

गोठ सरसफाई तथा लिपपोत गरी गोबरबाट बनाएको पर्वतलाई गोवर्धन पर्वत मानी पूजाआजा गर्ने परम्परा छ । द्वापर युगमा भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलवासीलाई मुसलधारे वर्षाले निम्तिएको महाविपत्तिबाट बचाउन गोवर्धन पर्वतलाई उचाली त्यसमुनी उनीहरुलाई ओत लगाएर बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन रहिआएको हो ।

भगवान श्रीकृष्णसँग आजको दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति दुख प्रकट गरेको र माफी मागेको श्रीमद्भागवत गीतामा उल्लेख छ ।

आजकै दिन वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरु र दुध खुवाउँने गाईलाई पूजाआजा गरी पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी लगायत मीठामीठा परिकार खुवाइने प्रचलन छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व बारे विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजाआज गरी आजको दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780