सप्तरीमा अनियन्त्रित ट्याक्टरले सैलुनमा ठक्कर दिँदा वृद्धाको मृत्यु, चार जना घाइते

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा खडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको थियो ।

गम्भीर घाइते पासवनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट खडक नगरपालिका–९ लालपट्टिका ४५ वर्षीय श्याम ठाकुर, ३५ वर्षीय किसुनलाल ठाकुर, राजविराज नगरपालिका–९ मलेठका ३५ वर्षीय रवीन्द्र ठाकुर र खडक नगरपालिका–६ चकवाका २३ वर्षीय अर्जुन चौधरी घाइते भएका छन् ।

घाइतेको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । न्युज कारखाना

Author:



क्याटोगरी छान्‍नुहोस