न्यायालयको विवाद छिट्टै समाधान हुन्छ : प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवाद छिट्टै समाधान हुने बताएका छन् । बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“न्यायालयको समस्या एक/दुई दिनभित्र अदालतबाट नै सल्टिन्छ,” उनले भने, “समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको छ । अशा गरौँ, विवाद त्यहीँबाट सल्टियोस् ।”

अदालतमा देखिएको समस्याप्रति सरकारको ध्यानाकर्षण भएको र एक÷दुई दिनमा विवाद समाधान नभए राजनीतिक रूपमा हल खोजिने उनको भनाइ छ ।

सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको भन्दै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस