प्रचण्डको नाउँमा बिदा दिएको नगरपालिकाले थप्यो अर्को बिदा

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि बिदा दिएको नगरपालिकाले थप अर्को एकदिन बिदा घोषणा गरेको छ।

महोत्तरीस्थित रामगोपालपुर नगरपालिकाले नेकपा अध्यक्ष प्रचण्ड आउने भएपछि बिदाको घोषणा गरेको थियो। तर उक्त बिदाको आलोचना भएपछि नगरपालिकाले भूलले बिदा लेख्न पुगेको भन्दै स्पष्टीकरण दिएको छ। बिदाको स्पष्टीकरण सँगसँगै उसले सामा चकेवाको नाममा थप अर्को एकदिन बिदा दिने घोषणा गरेको छ।

नगर प्रमुख अशोककुमार मण्डलले भूलले सूचनामा बिदा लेखिएको भन्दै अर्को सूचना जारी गरेका हुन्। नगरपालिकाले सामा चकेवाको उपलक्ष्यमा आज र भोलि पालिकाका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको नगर प्रमुख मण्डलले जनाएका छन्।

अहिले तराई मधेसका जिल्लामा सामा चकेवा पर्व मनाइँदै छ। सामा चकेवा पर्व रातिको समयमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको लागि मनाउने गर्छन्। तर नगरपालिकाले भने त्यसमा समेत बिदा दिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस