शिक्षक आन्दोलितः सबै विद्यालय बन्द, ५ हजार विद्यार्थीको भविष्य अन्यौल

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामूदायिक विद्यालय अनिश्चितकालकालागि बन्द भएको छ । गाउँपालिका विरुद्ध आन्दोलनरत कर्मचारीहरुको समर्थन गर्दै शिक्षकहरु पनि आन्दोलित भएपछि विद्यालय भएको हो ।

कर्मचारीहरुले संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन् । सबै सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि तत्काल पाठ्यपुस्तकसहित अन्य निकासहरु अविलम्व व्यवस्था हुनुपर्ने, सबै विषयगत शाखा÷उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत गाउँपालिका कार्यालयको लागि चाहिने आवश्यक सामग्री उपलब्ध हुनुपर्ने लगायत ६ बुँदे माग कर्मचारीहरु आन्दोलित छन् ।

सोही आन्दोलनको समर्थनमा शिक्षकहरु आन्दोलिन हुँदा पठ्नपाठन प्रभावित भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत दिपक मेहताले बताए । उनका अनुसार गाउँपालिकामा १९ वटा विद्यालयमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् ।

तस्बिरः सञ्चारकर्मी कृष्ण मण्डलको फेसबूकबाट ।

Author:



क्याटोगरी छान्‍नुहोस