पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु, २९९ संक्रमित थपिए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ४ सय ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा २ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ सय ६० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५१ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार तिमध्ये ७ हजार ८ सय ६३ को पीसीआर र ३ हजार २ सय ८८ को एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।

हाल देशभर ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७१ हजार ८ सय ९२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस