राजविराजमा ग्लोबल आईएमईको वित्तीय साक्षरता कार्यक्रम

राजविराज । ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेको छ। यसैबीच आइतबार बैंकले राजविराजमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सप्तरीको राजविराज शाखाले सञ्चालन गरेको उक्त कार्यक्रममा तीन सय बढी ग्राहकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न प्रकारका डिजिटल प्रविधि तथा सेवाहरुको प्रयोग कसरी गर्ने र उक्त सेवाहरुको प्रयोगबाट हाम्रा दैनिक गतिविधिहरु कसरी सहज हुन सक्छन् भन्ने विषयमा अन्तरक्रिया तथा प्रयोगात्मक प्रशिक्षणसमेत गरिएको थियो। उक्त कार्यक्रमस्थलबाटै अधिकांश ग्राहकहरुले मिस्डकल बैंकिङको माध्यमबाट तुरुन्तै आफ्नो खाताको रकम चेक गर्ने तथा मोबाइल रिचार्ज गर्ने जस्ता कार्यहरु प्रयोगात्मक रुपमै गरेका थिए।

बैंकले उक्त अभियानका माध्यमबाट प्रदेश हुँदै स्थानीय तहसम्मै डिजिटल वित्तीय सचेतना वृद्धि गर्ने तथा ग्राहकहरुको वित्तीय पहुँचसमेत विस्तार गर्ने उद्देश्य लिएको जनाएको छ। अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने अभियान सञ्चालन गरिहेको बैंकका संचालन प्रमुख अनामिका सिंहले बताइन्।

राजविराज शाखाका प्रमुख मनिष माहासेठ, बैंकका संचालन प्रमुख अनामिका सिंह, डिजिटल बैंकिड्ढ अधिकृत रविन्द्र सिंह ओली लगायतले डिजिटल बैंकिड्ढ मार्फत उपल्बध सेबाहरु र यसको प्रयोग बारे विस्तृत जानकारी दिएका थिए ।

आफ्ना गा्रहक र आम सर्वसाधारणलाई बैंकिड्ढ सेवा कम समयमै छिटो छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताका लागि यो कार्यक्रम अभियान कै रुपमा चलाइएको शाखा प्रमुख माहासेठले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस