जनकपुरधाममा शिक्षा सुधार अभियान शुभारम्भ

जनकपुरधाम, १९ मंसिर । शिक्षा सुधार अभियान एक पवित्र उद्देश्यका साथ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा सबै बालबालिकाहरू पूर्ण समय दिवा विद्यालयमा हुनुपर्ने एक सार्थक अभियानको शुभारम्भ गरिएको छ ।

संघीय शिक्षा तथा विज्ञान प्रविधि राज्य मन्त्री बोधमाया यादव र प्रदेश सांसद रामअशिष यादवले संयुक्त रुपमा शिक्षा सुधार अभियानको शुभारम्भ गरेका हुन् । आसमान नेपालको आयोजनमा जनकपुरधाममा शुभारम्भ गरिएको अभियानलाई सम्बोधन गर्दै वक्ताहरुले शिक्षा सुधार नभएसम्म प्रदेश र देशको समृद्धि हुन नसक्ने कुरामा जोड दिएका छन् ।

आसमान नेपालका कार्यकारी निर्देशक नवल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बहुसंख्यक स्वयंसेवकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कुशल अभिभावक असगर अली, विज्ञ गुरु सुवेदी सहितका वक्ताहरुले सम्बोधन गरेका छन् । अभियानका अभियन्ता युवा रोकी प्रसाद साहले कार्यक्रमको सञ्चालन गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस