सशस्त्र प्रहरीद्वारा शम्भुनाथमा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण

राजविराज, १९ मंसिर । आम जनताका छोराछोरीलाई समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले सशस्त्र प्रहरी नेपालद्वारा सप्तरीको शम्भुनाथ नगरपालिकामा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण गरिएको छ ।

 

प्रदेश १ र २ का विद्यार्थीहरुलाई लक्षित गरि बनाइएको उक्त विद्यालय भवनको आईतबार एक समारोहका बिच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका हु्न् । सशस्त्र प्रहरीद्वारा निर्माण र सञ्चालनमा ल्याउन लागिएको उक्त विद्यायलको नाम नेपाल एपिएफ ठाको देवी, जोगेन्द्र भगत राखिएको छ । आगामी शैक्षिक शत्रदेखि पठनपाठन सुरु हुने उक्त विद्यालयमा हाल कक्षा ४ र ५ का विद्यार्थीलाई भर्ना गरिने र भविष्यमा उच्च शिक्षासम्मको पढाई हुने सशस्त्र प्रहरी बलले जनाएको छ ।

 

राजविराज निवासी समाजसेवी जोगेन्द्र भगत र उनका धर्मपत्नी ठाको देवीले झण्डै ३० करोड रुपैयाँ मुल्य पर्ने ८ विगाहा ११ कठा जगा निःशुल्क उपल्बध गराएपछि सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रद्वारा ६ करोड ५१ लाख २ हजार रुपैयाँको लागतमा १५ कोठाको विद्यालय भवन निर्माण गरिएको हो ।

कार्यक्रममा जग्गादाता भगत दम्पतिलाई सम्मान गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले मुनाफा रहित शैक्षिक संस्था खोल्न सशस्त्र प्रहरीमा कार्यरत बहालबाला, कर्तव्यको क्रममा वीरगति प्राप्त, अवकाशप्राप्त प्रहरी कर्मचारी लगायतको सहयोग रहेको भन्दै यसको सही सदुपयोग गर्न सबैसँग आग्रह गरे ।

यस अघि सशस्त्र प्रहरीले काठमाण्डौंको किर्तिपुर र बाँकेको कोहलपुरमा पनि यस्तै विद्यालय सञ्चालनमा ल्याईसकेको छ । जग्गादाता जोगेन्द्र भगतले शिक्षाको महत्वलाई बुझ्दै आफुले जग्गा दान गरेको र भविष्यमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । यता आफ्नै गाउँठाउँमा स्तरिय विद्यालय सञ्चालनमा आउने भएपछि स्थानियवासिन्दा खुशी भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस