सप्तरीमा शितलहरबाट ५० हजार प्रभावित !

राजविराज, २४ मंसिर। सप्तरीमा शितलहरबाट यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट तयार पारेको ‘शितलहर आकस्मिक योजना २०७८’ अनुसार हिउँदोको मंसिर महिनादेखि फागुनसम्म ५ हजार विपन्न परिवारका ५० हजार व्यक्तिहरु प्रभावित हुनसक्ने अनुमान गरिएको हो ।

योजनाअनुसार सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिकामा १ हजार ५० परिवारका १० हजार ५ सय व्यक्ति प्रभावित हुनसक्नेछन् भने सबैभन्दा कम रुपनी गाउँपालिकामा ५० परिवारका ५ सय व्यक्ति शितलहरबाट प्रभावित हुनसक्ने योजनामा समेटिएको छ ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिकामा ४५० परिवारका ४ हजार ५ सय, छिन्नमस्ता गाउँपालिकामा ३७५ परिवारका ३ हजार ७५०, तिरहुत गाउँपालिकामा ३५० परिवारका ३ हजार ५ सय, राजगढ गाउँपालिकामा पनि ३५० परिवारका ३ हजार ५ सय व्यक्ति प्रभावित हुनसक्नेछन् ।

डाकनेश्वर नगरपालिकामा ३५० परिवारका ३ हजार ७५०, कंचनरुप नगरपालिका र बलान विहुल तथा महादेवा गाउँपालिकामा २५०/२५० परिवारका २५/२५ सय व्यक्ति प्रभावित हुनसक्नेछन् । यसैगरी सदरमुकाम राजविराज र खडक नगरपालिमा २/२ सय परिवारका २/२ हजार, छिन्नमस्ता गाउँपालिकामा १७५ परिवारका १ हजार ७५० व्यक्ति प्रभावित हुनसक्ने योजनामा समेटिएको छ ।

योजना अनुसार सप्तकोशी, सुरुङ्गा र बोदे बरसाइन नगरपालिका तथा विष्णुपुर गाउँपालिकामा १५० परिवारका १५÷१५ सय र शम्भुनाथ नगरपालिकामा १ सय परिवारका ५ सय व्यक्ति शितलहरबाट प्रभावित हुनसक्नेछन् ।

शिलतहरबाट सर्वसाधारणलाई जोगाउनकालागि सबै स्थानीय तह र सरोकारवालाहरुसँग समन्वय गरेर पहिले नै न्यानो कपडा, इन्धन, दाउरा वितरण गर्ने, एफएमहरुबाट जनचेतनामूलक सामग्री प्रसारण गर्ने, शितलहर पूर्वतयारी कार्यशाला सञ्चालन गर्ने गराउने लगायतका कार्यहरु गर्ने योजनामा समेटिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780