राज्यले नागरिकता दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुनसक्दैन : अध्यक्ष यादव

जनकपुर, ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै नेपाली नागरिकलाई नैसर्गिक अधिकारबाट वञ्चित नगर्न आग्रह गरेका छन् । उनले आइतवार सामाजिक सञ्जालमार्फत नागरिकता नभएकालाई पनि मतदानमा सहभागी गर्न माग गरेका हुन् ।

‘निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय हुन् । नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुनसक्दैन ।’

उनले लेखेका छन्–‘लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन । त्यसैगरी लाखौं मधेसीहरुलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन । यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदातानमावलीमा समाबेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु , निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असम्बैधानिक हुनुका साथै अन्तराष्ट्रिय कानूनका बिपरित र मानवता विरोधि कार्य हुन ।’

अध्यक्ष यादवले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन् । उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई मतदाता नामावलीमा समावेश गरी निर्वाचन प्रक्रियामा भाग लिन पाउने अधिकार दिन उनको माग छ ।

Author:



क्याटोगरी छान्‍नुहोस