छुरा प्रहारबाट घाइते सदाको मृत्यु, स्थानियद्वारा राजमार्ग अवरुद्ध

लहान, ४ पुस। सिरहाको गोलबजार–६ डोहटियामा भएको छुरा प्रहारबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । शनिवार साँझ अज्ञात समूहद्वारा छुरा प्रहार गरिएको थियो ।

छुरा प्रहारबाट घाइते भएका सोही ठाउँका २६ वर्षीय रामकुमार सदाको उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहारबाटै घाइते भएका अर्का सोही ठाउँका १९ वर्षीय निकेश सदाको उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक संतोश राईले बताए । ‘घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न नसकेको छैन्’ उनले भने–‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

उता, सदाको मृत्यु भएसँगै स्थानीयहरु आक्रोशित बनेका छन् । घटनाको विरोधमा उनीहरुले आइतवार विहानैदेखि बजार बन्द गराउँदै पुर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् ।

घटनाका दोषीलाई पक्राउ गरी कडा कारबाही, घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तिसहितको माग गर्दै स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस