राष्ट्रिय दलित मुक्ति जागरण अभियानको सिरहा कार्यसमिति गठन

सिरहा, ६ पुस। राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको सिरहा जिल्ला अध्यक्षमा शशिमित्रा ऋषि माझी मुसहर चयन भएकी छन् । सिरहाको कल्याणपुर नगरपालिका १ अर्नमामा आयोजित जिल्लास्तरीय भेलाबाट ५१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो । जिल्ला अध्यक्षमा मुसहरसहित जिल्ला उपाध्यक्षमा नैनीलाल राम, शिवु साफी, दुलारीदेवी पासवान र सचिवमा सुरेन्द्र महरा यस्तै सदस्यहरूमा रामपरिक्षण साफी, सियाराम पासवान, गुलावदवी राम, सितादेवी मलिक, मुकेश मलिक, गुगलीदेवी राम, पवित्री महरा, रामप्रसाद मण्डल, रामुदगार सदा, दलु बाँतर, अरहुलीयादेवी सदा, मुकेश मेस्तर, शिवराम महरा, विरेन्द्र सदा, देवकी मलिक, रामगेन सदा, रामसेवक राम लगायतका छन् ।

स्थानीय तह नछाड्ने गरी हरेक पालिकाबाट दुई जना अनिवार्य पर्ने गरी जिल्ला जागरण कमिटी गठन भएको छ । जिल्ला पदाधिकारी र छुटेका स्थानीय तहलाई पछि समेट्ने गरी समावेशी कोटा खाली राखिएको कार्यक्रममा अतिथिको रूपमा उपस्थित डाक्टर दिलीप सदाले जानकारी दिए । सियाराम पासवानको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी इन्चार्ज राजेश विद्रोहीले दलित समस्याको तत्कालीन समस्या र एकता कसरी हुने बारेमा प्रशिक्षणात्मक मन्तव्य सहित पदाधिकारी सम्पूर्ण टिमलाई शुभकामना दिएका थिए भने अतिथिहरू साहित्यकार नन्दलाल आचार्य लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस