लागुऔषध सहित एक जना पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाबाट नियन्त्रित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मिक्लाजुङ–६ का २६ बर्षिय बिक्रम लावती रहेको छ ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लावतीको घरबाट १५ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउन सुगर प्रहरीले फेला पारेको हो । पक्राउ परेका लावतिलाई नापतौल गर्ने यन्त्र १ थान, को.३२ प ७६०२ नम्वरको मोटरसाईकल १ थान, मोवाइल १ थान, ५ हजार २५ रुपैया सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । उक्त सम्बन्धमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस