सप्तरीमा पोखरीमा डुबेर एकको मृत्यु, १६ घण्टा पछि फेला परे लास

file photo

राजविराज, ६ पुष । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । सोही पालिका २ ईटहर्वाका ५२ वर्षीय बाबु नन्द चौधरीको डुबेर मृत्यु भएको हो ।

पोखरीमा माछाको चारो हाल्ने क्रममा डुबेर बेपता भएको चौधरीको लास १६ घण्टा पछि फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । मृतकको पोष्ट मार्टम भईसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस