मधेशी कोटातर्फ विनोद चौधरीसहित ५ जना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

जनकपुर, ६ पुस। नेपाली कांग्रेसको मधेशी कोटातर्फको केन्द्रीय सदस्य पदमा विनोद चौधरी निर्वाचित भएका छन् । चौधरीले २ हजार २०६ मत ल्याएर विजयी भएका हुन् ।

यसैगरी अजयकुमार चौरसियाले २ हजार ५२२ मत, चन्द्रमोहन यादवले २ हजार १३८ मत, दिनेशकुमार यादवले १ हजार ९५९ मत र महेन्द्रकुमार रायले १ हजार ९८४ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित ५ जनामध्ये ४ जना सभापति शेरबहादुर देउवा र पूर्व राष्ट्रपति डा. रामवरण यादवका सुपुत्र चन्द्रमोहन भने शेखर कोइराला पक्षका उम्मेदवार हुन् ।

यसैगरी मधेशी ४ महिला केन्द्रीय सदस्यमा सभापति देउवा पक्षले जित निकालेको छ । देउवा समूहकी मुक्ता कुमारी यादवले ३ हजार ९६९ मत, मिनाक्षी झाले ३ हजार १२, मन्जुकुमारी यादवले २ हजार ८८३ र नागिना यादवले २ हजार ८४६ मत ल्याएर विजयी भएकी छन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत हप्ताको सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो । अहिलेसम्म पदाधिकारी १३ सहित विभिन्न क्लष्टरका केन्द्रीय सदस्यको गरेर ७२ पदको मतगणना सार्वजनिक भएको छ । अब ६२ पदको मतगणना हुन बाँकी छ ।

Author:

क्याटोगरी छान्‍नुहोस