उपाध्यक्षद्वारा गाउँपालिकामा लगाइएको ताल्चा अझै खुलेन

राजविराज, ६ पुस। आफ्नै कार्यालयमा पटक–पटक सूचना माग गर्दा पनि उपलब्ध नगराएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतको कक्षमा लगाइएको ताल्चा अझै खुलेको छैन् ।

उपाध्यक्ष सुचिता कुमारी यादवले गत बुधवार नै प्रमुख प्रशासकीय अधिकृत केशव झाको कक्षमा ताल्चा लगाएकी छन् । ‘सुचना पाउन पटक–पटक निवेदन नै दिए तर दिनै मान्नुहुन’ उनले भनिन्–‘बाध्य भएर तालाबन्दी गर्नुपर्यो ।’

आफुले सहजै पाउनु पर्ने जानकारी निवेदन दर्ता गराएको महिनौं वित्दापनि पाउने आश नदेखेपछी बाध्य भएर तालाबन्दी गर्नु परेको उपाध्यक्ष यादवको कथन छ । ‘कार्यपालिका बोर्डको निर्णाय, गाउँ सभाको निर्णाय, महालेखापरीक्षकको प्रतिवेदन जस्ता जानकारीहरु पनि आफुलाई निवेदन दर्ता गराएरै माग्नु पर्ने बाध्यता रहेको छ’ उनले भनिन्–‘राजस्व परामर्श समिति, अनुगमन समिति लगायत उपाध्यक्षकै नेतृत्वमा रहने गरेका समितिहरुको बैठक तथा निर्णायमा समेत आफुलाई सहभागी गराउन आनाकानी गर्ने गरिएको, त्यसका निर्णायहरूको प्रतिलिपि समेत उपलब्ध गराउन कर्मचारीहरु मानिरहेको छैन् ।’

आफु नेतृत्वको विभिन्न समिति तथा गाउँपरिषद् सहितका निर्णय उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृत केशव झालाई आग्रह गर्दा होच्याउने ब्यबहार गरेकोले ताला लगाउन बाध्य हुनुपरेको उपाध्यक्ष यादवले बताए । ‘गाउँकार्यपालिकाका अन्य सदस्यहरु पनि यहाँका कर्मचारी, अध्यक्ष लगायत केही जनप्रतिनिधिहरुसँग मिलेर सूचना लुकाउने लगायत अपारदर्शी कामहरु गर्दै आएका छन्’ उनले भनिन्–‘कर्मचारीहरुमा हेपहा प्रवृत्ति हदैसम्म देखिएको छ ।’

उता, तिलाठी कोईलाडी गाउँपालिकाका सुचना अधिकृत राजेश झाले उपाध्यक्ष यादवले लगाएको आरोप निराधार रहेको बताए । ‘कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि आन्दोलनरत कर्मचारीले उपाध्यक्ष यादवले माफी नमागेसम्म बहिष्कार गर्ने निर्णय यथाबत रहेकोले हाल उनलाई सुचना उपलब्ध गराएको छैन्’ उनले भने–‘यद्यपी ताल्चा खुलाइने प्रयास जारी छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस