धमाधम राजीनामा: मंसिरमा मात्रै ३ सय ६८ शिक्षकले दिए राजीनामा

काठमाडौं । राजनीतिमा लागेपछि जागिर चट हुने भयले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले शिक्षकलाई कुनै पनि राजनीतिक दलमा सक्रिय राजनीति गर्न पूर्ण बन्देज गरेको थियो ।

सोही आधारमा राजनीतिमा लागेका र आगामी स्थानीय र संघको निर्वाचनमा उम्मेदवार बन्ने मनसाय बोकेका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । राष्ट्रिय शिक्षक किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले मंसिरमा मात्रै ३ सय ६८ शिक्षकले पदावधि बाँकी छँदै राजीनामा दिएको जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करिब २७ सय रहेकामा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा मात्रै २ हजार ६० जनाले निवृत्तिभरण पत्र बुझिसकेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780