कांग्रेसको कार्यसम्पादन समिति गठन : को–को परे ३७ जनामा ?

जनकपुरधाम । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समिति बढीमा ४६ सदस्यीय हुने भए पनि शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अहिलेलाई ३७ सदस्यीय समिति गठन गरिएको हो ।

वर्तमान कार्यसमितिका १३ पदाधिकारीबाहेक सभापति शेरबहादुर देउवाले २४ जनाको नाम प्रस्ताव गरेका हुन् । कार्यसम्पादन समितिमा पूर्वपदाधिकारीहरू सबैको नाम परेको छ ।

१४ पदाधिकारीसहित ४५ सदस्यीय नियुक्त गर्न पाउने भए पनि सभापति देउवाले कोषाध्यक्ष नियुक्त नगर्दा हाल १३ पदाधिकारी मात्र छन् । ३१ केन्द्रीय सदस्यलाई मनोनीत गर्न पाउने भए पनि देउवाले २४ जनाको मात्र नाम कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन् । मनोनीत नामलाई केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ ।

कोषध्यक्ष नियुक्त भएपछि थप ६ जनालाई सभापतिले मनोनीत गर्न सक्छन् । त्यससरी मनोनीत हुनेबाहेकको व्यक्ति प्रवक्ता भएमा कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।

आगामी निर्वाचनपछि कांग्रेसका सभापतिबाहेक अर्को व्यक्तिलाई संसदीय दलको नेता चयन गरिए संसदीय दलको नेता पनि कार्यसम्पादन समितिमा रहन्छन् ।

केन्द्रीय कार्यसम्पादन समिति यस्तो छ –

शेरबहादुर देउवा – सभापति

रामचन्द्र पौडेल – वरिष्ठ नेता

पूर्णबहादुर खड्का – उपसभापति

धनराज गुरुङ – उपसभापति

गगन थापा- महामन्त्री

विश्वप्रकाश शर्मा महामन्त्री

फरमुल्लाह मन्सुर – सहमहामन्त्री

भीष्मराज आङदाम्बे – सहमहामन्त्री

उमाकान्त चौधरी- सहमहामन्त्री

महेन्द्र यादव – सहमहामन्त्री

महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री

किशोरसिंह राठौंर- सहमहामन्त्री

बद्री पाण्डे – सहमहामन्त्री

जीवन परियार- सहमहामन्त्री

गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह

विमलेन्द्र निधि

विजयकुमार गच्छदार

कृष्णप्रसाद सिटौला

डा.शशांक कोइराला

चित्रलेखा यादव

डा.रामशरण महत

अर्जुननरसिंह केसी

डा.प्रकाशशरण महत

सुनिलबहादुर थापा

डा.शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाण

ज्ञानेन्द्रबहादुर कार्की

उमा रेग्मी

रमेश रिजाल

डा.नारायण खड्का

जीपछिरिङ लामा

एनपी साउद

जीवनबहादुर शाही

Author:



क्याटोगरी छान्‍नुहोस