चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

जनकपुर, १८ माघ । सर्लाहीमा मोटरसाइकल चोरी कार्यमा संलग्न आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ५ का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका १५ का सोमबहादुर रेग्मी रहेका छन् ।

उनीहरु सोही नगरपालिका ५ का ज्ञानबहादुर क्षेत्रीको प्रदेश २-०३-००१ प १०१९ नम्बरको मोटरसाइकल चोरी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार लालबन्दीबाट मोटरसाइकलसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस