नेकपा एसका नागेन्द्र राय यादव बने राज्यमन्त्री

जनकपुरधाम, २३ माघ । मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थप गरेको छ । आज (आइतबार) बिहान एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई राज्य मन्त्रीको शपथ गराएका हुन् ।

नेकपा एसबाट गत मंसिर ५गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र प्रमोद कुमार यादव कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका थिए । योसँगै मधेस प्रदेशको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस