फागुन अन्तिम सातादेखि भूमिहीनलाई लालपूर्जा

विराटनगर, २३ माघ । राष्ट्रिय भूमि आयोगले फागुन अन्तिमदेखि भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पुर्जा वितरण सुरु गर्ने बताएको छ ।

भूमि आयोगको मोरङ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा मंगलवार अध्यक्ष केशव निरौलाले पुर्जा वितरणका लागि आवश्यक प्राविधिक र प्रशासनिक काम सुरु भइसकेको जानकारी दिएका छन्।

प्राविधिक कर्मचारीहरू केही दिनभित्रै आयोगसँग सम्झौता गरेका स्थानीय तहमा पुग्ने र नापजाँचको काम शुरू गर्ने भन्दै निरौलाले फागुन महीनासम्ममा अमिन र सर्वेक्षकले आफ्नो काम सक्ने र त्यसपछि पुर्जा वितरणको काम शुरू हुने बताए । आर्थिक अभियान दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस