मेयर यादवद्वारा पोलिटेक्निक इन्सिटच्यूट भवन शिलान्यास

राजविराज । सप्तरीको राजविराज नगरपालिका नगर प्रमुख शम्भुप्रसाद यादवले एक समारोहबीच राजविराज पोलिटेक्निक इन्सिटच्यूट भवनको शिलान्यास गरेका छन् । नगरपालिकाले व्यवस्थित पठनपाठन गराउने उद्देश्यले साे भवनको निर्माण गर्न थालेको हो।

अाइतबार भवन शिलान्यास गर्दै नगरप्रमुख यादवले यस क्षेत्रका बालबालिकाले न्यून शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा पढ्न पाउने भनेर राजविराज नगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको बताए ।

राजविराज नगरपालिका वडा नम्बर १ राजदेवी स्कुल पछाडि २ करोड ५३ लाखमा उक्त भवन निर्माण सुरु गरिएको कलेजका प्रमुख इन्जिनियर अशोक कर्णले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस