सिडिओको आदेशः १२ वर्षमुनिका विद्यार्थीलाई आलोपालो दिन कक्षा

राजविराज, २८ माघ । सप्तरीमा १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट जोगाउन आलोपालो दिनमा कक्षा सञ्चालन गर्न आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले यसअघि माघ ६ र १७ गतेको आदेश खारेज गर्दै शुक्रवार नयाँ आदेश जारी गरेका हुन् ।

आदेशानुसार फागुन १ गतेदेखि स्वास्थ्य मापदण्डको पालना गरी शैक्षिक संस्थाहरु सञ्चालन हुने भएको छ । ‘भाइरस विरुद्धको खोप नपाएका बालबालिकाहरुमाथि अहिले संक्रमणको जोखिम कायमै छ’ प्रजिअ गौतमले भने–‘जोखिम कम गर्नका लागि १२ वर्षमुनिका बालबालिकाको हकमा तत्काललाई आलोपालो दिनमा कक्षा सञ्चालन हुन्छ ।’

१२ वर्ष पूरा गरिसकेका विद्यार्थीको हकमा भने नियमित कक्षा सञ्चालन हुने उनले बताए । ‘१२ वर्षमाथिका विद्यार्थीहरुले खोप लगाइसकेकाले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न पाउनेछन्’ उनले भने ।

त्यस्तै, खेलकुद कार्यक्रमहरु सञ्चालन गर्दा एक पटकमा दर्शक क्षमताभन्दा ५० प्रतिशत, पार्टी प्यालेसहरुमा पनि क्षमताको ५० प्रतिशत वा १ सय जना नबढ्ने गरी सञ्चालन गर्न भनिएको छ ।

डान्स बार, दोहोरी, नाच घर, क्लव लगायतका रात्रिकालिन व्यवसाय, सिनेमा हल, जिम क्लव, स्विमिङ पुलहरु स्वास्थ्य मापदण्डका पालना गरेर बढीमा राति १० बजेसम्म मात्र सञ्चालन गर्ने र बैठक, भेला, मेला, विवाह, व्रतबन्ध महोत्सव जस्ता भीडभाड हुने कार्यक्रम सञ्चालनमा पनि पूर्ण स्वास्थ्य मापदण्डका पालना गर्न भनिएको छ ।

शनिवार राति १२ बजेपछि लागू हुने सो आदेश विपरित कार्य गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने आदेशमा पत्रमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780