सप्तरीका ७१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट (सूची)

राजविराज, ४ फागुन । सप्तरीमा ७१ वटा विद्यालय ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’को छनोटमा परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकबाट भएको निर्णयअनुसार देशभरिबाट कार्यक्रमको छनोटमा परेका विद्यालयहरुको सूची सार्वजनिक गरिएको हो ।

सूचीअनुसार बोदे बरसाइन र कञ्चनपरुप नगरपालिका तथा बलान विहुल गाउँपालिकाका ६–६ वटा, राजविराज, हनुमाननगर कंकालिनी र खडक नगरपालिका तथा अग्निसाइर कृष्णसवरन गाउँपालिकाका ५–५ वटा, शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका तथा महादेवा, विष्णुपुर र तिरहुत गाउँपालिकाका ४–४ वटा विद्यालय कार्यक्रममा परेका छन् ।

त्यस्तै, सुरुङ्गा नगरपालिका र राजगढ, छिन्नमस्ता गाउँपालिकाका ३–३ वटा तथा रुपनी र तिलाठी कोइलाडी गाउँपालिकाका २–२ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा परेको सूचीमा छ ।

आर्थिक वर्ष २०७८/७९ मै कार्यक्रम कार्यान्वयन अघि बढाइएको र बजेट सम्बन्धित स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ ।

विद्यालयहरुको सूचीः

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780