गोठबाटै चौपाया चोरी, गाडीमा लोड गरी लगेको आशंका

राजविराज, ५ फागुन । सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ सितापुरका मिहिलाल चौधरीको घरबाट पशुचौपाया चोरी भएको छ ।

गए राति करिब ११ बजेतिर एक थान भैंसी र दुई थान हलो जोत्ने गोरु चोरी भएको चौधरीले जानकारी दिए । उनका अनुसार गोठमा रहेको चार थान मध्ये तीन थान पशुचौपाया चोरी भएको हो ।

‘गोठ नजिकैको गोहाली (घर)मा सुतेको थिए, राति करिब १२ बजेतिर निन्द्रा खुलेपछि गोठमा पुग्दा चौपाया नै नरहेको पाए’ चौधरीले भने–‘रातिदेखि नै चौतर्फी खोजे तर कत्तै भेटिन ।’

चोरीको प्रकृति हेर्दा गाडीमा लोड गरी चौपाया लगेको हुनसक्ने चौधरीको अनुमान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780