सप्तरीमा देखियो कालाजार, स्थानीय सरकार वेखबर !

राजविराज, ६ फागुन । सप्तरीका व्यक्तिमा कालाजार पुष्टि भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–११ का ४८ वर्षीय शुभनारायण चौधरीमा कालाजार पुष्टि स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार चौधरी केही समयदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउँदै आएका थिए । सोही क्रममा गत माघ ११ गते उनमा कालाजार पुष्टि भएको उनले बताए ।

हाल उनको सोही अस्पतालमा उपचार भइरहेको निमित्त प्रमुख यादवले बताए । ‘यद्यपी, यतिका दिनसम्म पनि सो ठाउँका अन्य व्यक्तिलाई कालाजारको संक्रमणबाट जोगाउन स्थानीय सरकारले चासो राखेको छैन्’ उनले भने–‘अहिले तत्काललाई कालाजार विरुद्ध जनचेतनाका कार्यक्रमहरु गर्न जरुरी छ ।’

आफुहरु आफ्नो हिसावले कालाजार विरुद्ध कार्य गर्ने तयारीमा लागेको बताए ।

उता, नगर प्रमुख वसन्तकुमार मिश्रले सो बारे आफुहरुलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780