सर्लाहीमा क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित सिटी विनायक एग्रीगेट क्रसर उद्योगमा गए राति आगलागी भएको छ ।

विद्युत सर्ट भएर आगलागी हुँदा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस