आजको संसद् बैठक : एमसीसी पारित गर्ने सरकारको तयारी

जनकपुरधाम । प्रतिनिध सभाको बैठक आज बस्दै छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुनेछ ।

सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरिएको छ । उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन् ।

यसअघि एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धनका दल सहमत नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक पटकपटक सारिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस