एमसीसी पारित गर्न प्रचण्ड–नेपाल लचक

काठमाडौं । संसद्मा पेस भएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लचक हुने भएका छन् । संशोधनविना एमसीसी पारित नगर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्न लचक भएका हुन् ।

एमसीसी संसद्मा पेस भएसँगै सत्ता गठबन्ध नै संकटमा परेको भन्दै सत्ता गठबन्धन जोगाउने र एमसीसी पनि पारित गर्ने गृहकार्य तीव्र भएको छ । माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने अडान लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएका छन् ।

एमसीसी सम्झौता टेबल भएपछि मात्र तीनपटक प्रधानमन्त्री देउवाले ओली निवास बालकोटमै पुगेर भेटवार्ता गरे । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले निरन्तर रुपमा प्रतिपक्षसँग संवाद अगाडि बढाएसँगै एमसीसीको विपक्षमा मतदान गर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादी एमसीसी पारित गर्ने र सत्ता गठबन्धन जोगाउने निष्कर्षमा पुगेका हुन् ।

सत्ता गठबन्धन जोगाउन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार साँझ एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । पार्टीभित्र आन्तरिक गृहकार्य गरेर प्रचण्डले अन्ततः गठबन्धन जोगाउने नै निष्कर्षमा पुगेको बताइएको छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस