जसपाले पनि एमसीसीको पक्षमा मतदान गर्ने

जनता समाजवादी पार्टी नेपालले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका लागि पक्षमा मतदान गर्ने भएको छ ।

आइतबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जसपा अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्ष थिए भने बाबुराम भट्टराई सम्झौता पारित गर्नु पर्ने पक्षमा सुरुदेखि नै उभिएका थिए ।

सत्ता गठबन्धनको आइतबार बिहान बालुवाटारमा बसेको बैठकमा एमसीसी व्याख्यात्मक घोषणासहित पास गर्ने सहमति भएसँगै जसपाले पक्षमा मतदान गर्ने भएको हो । यो निर्णयसँगै एमसीसीको पक्षमा जसापाका १९ सांसदले मतदान गर्नेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस