निर्वाचनमा खटिने कर्मचारीहरुको २० लाख बिमा हुने, आयोगले माग्यो प्रस्ताव

काठमाडौं । निर्वाचनमा खटिने जनशक्तिहरुको प्रतिव्यक्ति २० लाखको बिमा हुने भएको छ । निर्वाचन आयोगले ११ गते सूचना प्रकाशन गर्दै निर्वाचनमा खटिने करिब १ लाख १० हजार ७ सय १३ जनाको बिमा गर्नका लागि बिमा प्रदायक कम्पनीहरुसँग प्रस्ताव माग गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

योसँगै स्थानीय तह निर्वाचनका लागि मतदान कार्यमा संलग्न हुनेहरुका लागि कोभिड–१९ को महामारीलाई रोकथाम गर्ने स्वास्थ्य सामग्रीहरु(मास्क र स्यानिटाइजर) र प्राथमिक उपचारका स्वास्थ्य सामग्रीहरु खरिदका लागि समेत बोलपत्रको आह्वान गरिएको जानकारी दिए ।

आयोगले यसअघि नै निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट माग गरी निकासाका लागि समेत अनुरोध गरिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस