एमसीसी सम्झौता संसद्बाट अनुमोदन

काठमाडौं । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना व्याख्यात्मक घोषणासहित पारित भएको छ । सत्तारुढ दलबीच भएको समझदारीअनुसार १२ बुँदे व्याख्यात्मक घोषण गर्दै एमसीसी संसद्बाट अनुमोदन भएको हो ।

संसद्मा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएपछि सभामुख सापकोटाले पारित भएको घोषणा गर्नुभएको थियो । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस